काजकिरिया चल्दै गर्दा जीवितै उद्धार
gorkhapatraonline.com · Sun Sep 06 00:10:43 GMT 2026

परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वेत्रावती किनारछेउ उहाँहरूको पहिलेदेखि नै कपडा पसल थियो । बाढीले घरै बगाएर अर्कै ठाउँमा पुर्याएको थियो । २४ जनाको शव भेटिएको घरछेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिएँ । भगवान्को कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान् भने अझै बेपत्ता हुनुहुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)