नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त
kendrabindu.com · Sun Jul 05 10:55:47 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् ।
नार्कका अध्यक्षसमेत रहेका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ । सरकारले सुशासन र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई आवश्यक कारबाही गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)