सरकार कानुन जान्दिनँ, विधि मान्दिनँ शैलीमा उद्दत : गगन थापा
annapurnapost.com · Sun Jul 05 10:51:49 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन्। सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए ।
उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गर्दै राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे । सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)