किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
nagariknews.nagariknetwork.com · Sun Jul 05 10:43:04 GMT 2026

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई व्यावसायिक कृषि प्रवर्द्धन र श्रम लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण सुरु गरेको छ। गाउँपालिकाले पशुपालक किसानलाई कुट्टी काट्ने मेसिन (च्यापकटर) तथा तरकारी र अन्य खेती गर्ने किसानलाई मिनी हाते ट्याक्टर वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए।
उनका अनुसार सार्वजनिक सूचना जारी गरी प्राप्त आवेदनमध्ये तोकिएको मापदण्ड, वडाको सिफारिस तथा पाँच सदस्यीय छनोट समितिको सिफारिसका आधारमा स्थानीय किसान छनोट गरी सामग्री वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)