५८ वर्षपछिकाे पारिवारिक पुनर्मिलनले छायाे खुसी
nagariknews.nagariknetwork.com · Sun Sep 06 00:22:35 GMT 2026

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका हुन्। तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो। उनको फोटोसमेत परिवारसँग थिएन। खोजी गर्ने माध्यम नभएपछि परिवार र उहाँबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो।
मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो। गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)