कोसी प्रदेश सभा : विनियोजन विधेयकमाथिको छलफल सकियो
nepalnews.com · Sun Jul 05 11:04:32 GMT 2026

विराटनगर। ‘आव ०८३/८४ को सेवा र कार्यका लागि कोसी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ। यही १९ असारदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज (आइतबार) सकिएको हो।
छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नीरन राई, छविलाल चूडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ-आफ्नो धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)