भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, पाँचजनाको मृत्यु
baahrakhari.com · Sun Jun 14 01:26:13 GMT 2026

काठमाडौं । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार असमको जोरहाट एयर फोर्स स्टेसनमा दुर्घटनाग्रस्त भएको हो ।
विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको र त्यसलगत्तै आगलागी भएको थियो । भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)