नेपाल–चीन सीमामा राष्ट्रिय झन्डा पुनर्स्थापना
gorkhapatraonline.com · Sun Sep 06 00:37:38 GMT 2026

रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमानाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित उक्त अन्तर्राष्ट्रिय सीमानाकामा शनिबार सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झन्डा राखेको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमानाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भिर पार गरी सीमानाकामा झन्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)