कार्यालयमा अनुपस्थित नार्कका दुई कर्मचारीमाथि कारबाही
baahrakhari.com · Sun Jul 05 11:12:21 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्पर्कविहीन रहेका कर्मचारी हटाउने सुरुआत गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अध्यक्ष समेत रहेकी गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुआत गरेकी हुन् ।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)