क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु
gorkhapatraonline.com · Sun Sep 06 00:43:20 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पक्की पुलहरू बगाएको संवेदनशील क्षेत्रमा यातायात तत्काल सुचारु गर्न झोलुङ्गे पुल र ‘एक्रो ब्रिज’ जडान सुरु गरिएको छ । भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्धस्तरमा लागेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो । सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)