पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
barnanmedia.com · Sun Sep 06 00:32:47 GMT 2026

कालीकोटको गगने खोला पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक अवरुद्ध भएको छ । शनिबार दिउँसोदेखिको अविरल वर्षाले अपराह्न ५ बजे पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । पानी नरोकिएकोले राति हिलो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । ‘राति पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने अवस्था छैन,’ उनले भने ।
पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट आएका गाडी खिड्किज्युला फर्किएका छन् । उनले जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालिकोटको रास्कोट भेगबाट आएका गाडी पनि रोकिएको बताए । उनका अनुसार पहिरो लगातार झरिरहेकोले एक्स्काभेटर गगने खोला नजिकै भए पनि पहिरो पन्छाउन सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)