जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते
barnanmedia.com · Sun Jul 05 11:17:28 GMT 2026

डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)