फुटपाथमा पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही
gorkhapatraonline.com · Thu May 21 06:25:40 GMT 2026

पोखराको बजार क्षेत्रमा फुटपाथमा पार्किङ गरिएका सवारीसाधनमाथि धमाधम कारबाही गरिएको छ । फुटपाथमा पार्किङ गर्ने सवारीसाधनविरुद्ध आक्रामक रूपमा कारबाही थालेको जिल्ला प्रहरी कार्यालय कास्कीले थप १ सय १ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । तीमध्ये ८१ वटा स्कुटर र २० वटा मोटरसाइकल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिकाका नगर प्रहरी संयुक्त रूपमा अभियानमा खटिएका छन् । उनीहरूले फुटपाथमा पार्किङ गरिएका सवारीसाधन हटाउने तथा नियन्त्रणमा लिएर कारबाही गरिरहेका छन् । बुधबार सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)