सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज गरेपछि जुवाइँ विरुद्ध ससुराले हाले साइबर अपराधको मुद्दा
techpana.com · Sun Jul 05 11:32:26 GMT 2026

काठमाडौं । एक जना ससुराले आफ्नै जुवाइँविरुद्ध कास्की जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरेका छन् । जुवाइँले सामाजिक सञ्जाल फेसबुक र टिकटकको दुरुपयोग गरी आफ्नै ससुरा, सासू, श्रीमती र अन्य आफन्तको चरित्रहत्या र अश्लील गालीगलौज गरेको आरोप छ ।
जुवाइँ भने हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको बताइएको छ । कास्की, गैह्रापाटनका राजेन्द्रप्रसाद सुवेदीले आफ्नै जुवाइँ कास्की माछापुच्छ्रे-३ घाचोक घर भएका ३९ वर्षीय प्रतिवादी विष्णुप्रसाद दाहाल विरुद्ध कास्की जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)