प्रचण्डले भने– हामीलाई सिध्याउन ओलीकै स्तरमा बालेन लाग्दैनन्
baahrakhari.com · Sun Jul 05 11:38:37 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको उल्लेख गरे । आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको स्तरमा प्रधानमन्त्री शाह नरहेको जिकिर गरे । आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए । "ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए," प्रचण्डले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)