बालेन सत्ताबारे गोकुलको टिप्पणी– बीपी र केपीको सत्ता गुमेजस्तै घण्टी पनि जाने जस्तै छ
shilapatra.com · Thu May 21 06:29:44 GMT 2026

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सत्ता सुरक्षाको दरिद्रताले सबैभन्दा ठूलो पार्टी रास्वपाको सत्ता जान सक्ने दाबी गरेका छन् । देश राजनीतिक भूकम्पतिर रहेको भन्दै उनले सत्ताकै दुष्चक्रले बीपी र केपी अनि घण्टीको पनि नियति त्यस्तै हुने बताएका हुन् ।
‘फेरि एउटा राजनीतिक भूकम्पउन्मुख छ देश । उही कुराले बीपी र केपीका सत्ता गुमेजस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ,’ गोकुलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि तिनिहरू उल्टो गतिका निरीह साक्षी हुने छन्, जसरी २०५९ देखि २०८२ सम्म भइरहे ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)