ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
rajdhanidaily.com · Sun Jul 05 11:46:36 GMT 2026
पाँच पटक विश्वकप बिजेता टोली ब्राजिलले फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा नर्वेको सामना गर्दैछ । तर, अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन। ब्राजिल र नर्वेबीचको खेल न्यु जर्सी रंगशालामा आज राती १ः४५ बजे सुरु हुदैँछ।
नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डको लयलाई हेर्दा यो खेल ब्राजिलका लागि अझै पनि सहज हुनेछैन। हालान्डले यस प्रतियोगितामा पाँच गोल गरेका छन्। ‘गोल्डेन बुट’ को दौडमा उनी हाल मेस्सी र एमबाप्पेभन्दा पछि पर्दै तेस्रो स्थानमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)