कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
nepalnews.com · Sun Jun 14 02:08:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई मर्यादित बनाउन सभापित गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक भएको छ।
गत जेठ १६ गते अपदस्थ सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म पनि कुनै जवाफ नआएपछि जेठ ३१ गते सार्वजनिक गरिएको हो। ‘सबै सँगै बढौँ यसरी’ भन्ने मूल नाराका साथ प्रस्तुत प्रस्तावमा विशेष महाधिवेशनपछिको परिस्थितिलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउने रोडम्याप प्रस्तुत गरिएको छ।प्रस्तावमा विधानको धारा १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक र सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गर्दै विमतिका विषयहरूलाई १५ औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गर्न सकिने उल्लेख छ। यस्तै, केन्द्रीय समितिमा रहेका सबै नेताहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने पुरानो परम्पराको अन्त्य गर्दै वडा तहबाटै अनिवार्य प्रतिनिधि चुनिएर आउनुपर्ने क्रान्तिकारी सर्त गगन र विश्वले अघि सारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)