आज विश्व रक्तदाता दिवस
nepalnews.com · Sun Jun 14 01:55:11 GMT 2026

काठमाडौँ। आज विश्व रक्तदाता दिवस हो। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।
सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै नि:शुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)