रामादा बाई विन्धाम इटहरीले ल्यायो विश्वकप लक्षित प्रिमियम स्टेकेशन प्याकेज
nepalviews.com · Sun Jul 05 12:21:41 GMT 2026
इटहरी । विश्वकप फुटबलको माहोललाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले फुटबलप्रेमीका लागि विशेष 'स्टेकेशन' प्याकेज सार्वजनिक गरेको छ। होटलले भिडभाडयुक्त सार्वजनिक स्थान वा बारमा होइन, आफ्नै कोठाको आरामदायी वातावरणमा विश्वकपका सबै खेल हेर्न सकिने गरी यो प्याकेज ल्याएको जनाएको छ।
‘Big Match on TV, Premium Service on Call’ नाम दिइएको प्याकेजअन्तर्गत पाहुनाले आफ्नै कोठामा रहेको टेलिभिजनमार्फत फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। होटलका अनुसार यो प्याकेज एक्लै खेलको आनन्द लिन चाहनेदेखि साथीभाइसँग बसेर विश्वकप हेर्न चाहने समूहसम्मका लागि उपयुक्त हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)