बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
baahrakhari.com · Sun Jul 05 12:18:30 GMT 2026

काठमाडौं । कृषि विभागले १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए । धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)