‘होल्ड’मा सामसङको हडताल
ratopati.com · Thu May 21 07:13:44 GMT 2026

सोल । दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय सामाग्री निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले घोषणा गरेको सम्भावित हडताल स्थगित भएको छ । यसले विश्वव्यापी प्रविधि उद्योगलाई तत्कालका लागि राहत दिएको छ । अन्तिम समयमा भएको अस्थायी तलब सम्झौतापछि हडताल रोकिएको हो । सामसङ विश्वकै सबैभन्दा ठुलो मेमोरी चिप उत्पादक कम्पनी हो । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधिमा यसको महत्त्वपूर्ण भूमिका छ ।
सामसङको सबैभन्दा ठुलो मजदुर सङ्गठनले बिहीबारदेखि सुरु हुने भनिएको औद्योगिक आन्दोलन अस्थायी रूपमा रोकिएको जनाएको छ । यस सङ्गठनमा कम्पनीका झन्डै ४८ हजार कामदार आबद्ध थिए । सङ्गठनका सदस्यहरूले मे २२ देखि २७ सम्म नयाँ तलब तथा बोनस सम्झौताबारे मतदान गर्नेछन् । मतदानको नतिजापछि मात्र अन्तिम निर्णय हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)