हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
barnanmedia.com · Sun Jul 05 12:15:07 GMT 2026

यमनको इरान समर्थित हुथी विद्रोहीले लाल सागर (रेड सी)को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।
सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ । विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)