बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
ratopati.com · Sun Sep 06 02:00:15 GMT 2026

काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)