पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
rajdhanidaily.com · Sun Jul 05 12:44:12 GMT 2026

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।
‘केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ’, उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)