भोटेकोशी त मत्थर भयो, शनिमायाका आँखाका भेल रोकिएनन्
annapurnapost.com · Sun Sep 06 02:11:45 GMT 2026

बर्दिबास : ८० वर्षीया हजुरआमा शनिमाया राना आँगनमा टोलाइरहेकी छन् । भोटेकोशीको बाढी मत्थर भए पनि शनिमायाका आँखामा आँसुका भेल थामिएका छैनन् । बिहान साँझ नातिनी जायाको खबरको प्रतीक्षामा छिन्। तर, भोटेकोशी बाढीमा ११ दिनदेखि बेपत्ता २५ वर्षीया नातिनी जाया रानाको खबर पाउन सकेकी छैनन् । शनिमायाको एउटै प्रश्न छ– मेरी नातिनी कहाँ छिन ?’
नातिनी जाया रसुवाको एक विद्युत् आयोजनामा काम गर्थिन्। भोटेकोशीमा बाढीपछि उनी बेपत्ता भइन्। यो खबर सुनेदेखि महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगर, झोख्ले टोलकी ८० वर्षीया शनिमाया बेचैन छिन्। भोटेकोशीको भेल शान्त बन्दै छ, तर शनिमायाकोे घरमा चिन्ताको भेल अझै रोकिएको छैन। उनको हरेक निमेष नातिनी फर्किने आशामा बित्छ। बाढी आएदेखि उनीहरूको परिवारले शान्तिको सास फेर्न सकेको छैन। सन्तान हराएको व्यथाले सिंगो परिवार नै अशान्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)