दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजन र आवासको व्यवस्था
nepalbahas.com · Sun Jun 14 03:09:48 GMT 2026

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजन र आवासको व्यवस्था
३१ जेठ, मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)