मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु
arthadabali.com · Sun Jul 05 13:33:03 GMT 2026

जनकपुरधाम / मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ ।
जयनगर–बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)