डायमनशमशेर साहित्यिक पुरस्कार तीन स्रष्टालाई
barnanmedia.com · Sun Jul 05 13:29:27 GMT 2026

काठमाडौँ, २१ असारः यस वर्षको डायमनशमशेर राणा साहित्यिक पुरस्कार÷सम्मान तीन जना स्रष्टालाई प्रदान गरिएको छ ।
उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा राणाका विषयमा विद्यावारिधि गर्नुभएका डा टीकाराम पोखरेल, उहाँका विषयमा ‘डायमनश्री’ महाकाव्य लेख्नुभएका डा माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उपप्रा डा विष्णु न्यौपानेलाई पुरस्कृत गरिएको हो । तीनै जनालाई जनही रु २५ हजार नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)