चीनले गर्यो सबैको उद्धार, ३ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता
ratopati.com · Fri Aug 28 05:08:53 GMT 2026

काठमाडौँ । चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ ( ग्यिरोङ) काउन्टीमा आएको विनाशकारी पहिरोपछि प्रभावित सबै बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा आएको पहिरोबाट प्रभावित ४९९ जना स्थानीय बासिन्दा र निर्माण मजदुरलाई सुरक्षित रूपमा पुनर्स्थापना गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी, घटनास्थलमा अलपत्र परेका ५५५ जना पर्यटकलाई पनि उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अब उक्त क्षेत्रमा कुनै पनि पर्यटक अलपत्र नरहेको अधिकारीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)