बाढीपीडितलाई सहयोग गर्न भन्दै सयौं क्राउडफन्डिङमा पैसा उठाइँदै
annapurnapost.com · Fri Aug 28 05:05:57 GMT 2026

काठमाडौं : बुधबार गएको रसुवाको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १७ः०० बजेसम्म ३ सय ५९ जनाको मृत्यु भएको छ। जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३२ जना, गोरखामा ३० जना, तनहुँमा २२ जना, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जना गरी ३ सय ५९ जनाको शव फेला परेको छ। सयौं सम्पर्कविहीन अवस्थामा छन्। ठूलो जनधनको क्षति भएको छ।
नेपालमा भएको यस्तो विपद्को वेलामा सहयोग गर्न भन्दै विभिन्न व्यक्ति तथा संघसंस्थाले रकम उठाउन थालेका छन्। प्रभावित व्यक्ति तथा समुदायलाई तत्काल राहत पुर्याउन र उनीहरूको पुनर्भरण÷पुनःस्थापनाका लागि भन्दै पैसा उठाउन थालिएको छ। विश्वव्यापी रूपमा प्रख्यात क्राउडफन्डिङ प्लेटफर्म ‘गोफन्डमी’ मा दर्जनौं संघसंस्था तथा व्यक्तिहरूले नेपालका बाढीपीडितका नाममा पैसा उठाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)