भारतमा सातवटा शव भेटिए, रसुवा बाढीमा बगेका हुनसक्ने
nepalpress.com · Fri Aug 28 05:09:11 GMT 2026

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महराजगंजमा गण्डक (नारायणी) नदीबाट चारवटा र कुशीनगरमा तीनवटा शव फेला परेका छन् । नेपालमा आएको भीषण बाढीका क्रममा यी शवहरू नदीमा बगेर तीव्र बहावसँगै भारततर्फ आएको आशंका गरिएको छ ।
अधिकारीहरूका अनुसार पाँच महिला र दुई पुरुषका शव भेटिएका हुन् । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेको थियो । टोलीले मोटरबोटको सहयोगमा ती शवहरूलाई नदीबाट बाहिर निकालेर महराजगंज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ । अहिलेसम्म शवहरूको पहिचान हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)