प्रधानमन्त्री राहत कोषको नाम दुरुपयोग गर्दै ठगी, सचेत रहन प्रहरीको अनुरोध
kendrabindu.com · Thu Aug 27 07:43:26 GMT 2026

काठमाडौं । विपद्का बेला सर्वसाधारणको सहानुभूति र सहयोगको भावनालाई दुरुपयोग गर्दै ठगी गर्ने गतिविधि बढेको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार केही व्यक्तिले सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ को नाम र पहिचान प्रयोग गरेर सर्वसाधारणबाट रकम संकलन गर्ने प्रयास गरिरहेका छन्। उनीहरूले व्यक्तिगत बैंक खाता तथा विभिन्न ई–वालेटमा पैसा पठाउन आग्रह गर्नुका साथै वास्तविकतासँग मेल नखाने राहतसम्बन्धी अपिलसमेत सार्वजनिक गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)