कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग
barnanmedia.com · Thu Aug 27 07:37:16 GMT 2026

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ ।
यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)