संविधानविपरीत अनुदान कटौती भएको सांसद ओलीको आरोप
kalakarmi.com · Thu May 21 09:19:26 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान कटौती गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश तथा स्थानीय तहमा पठाइने अनुदान रकममा निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘यो सदनमार्फत प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान काटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूराना सरकारले त गरे होलान तर यो सरकारले पनि त्यही थितिलाई निरन्तरता दिँदा अचम्मित परेकी छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)