लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव
nagariknews.nagariknetwork.com · Sun Jun 14 04:31:42 GMT 2026

लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी निकालिएको छ। आज कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो।
प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताए। ‘त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)