भारतको महाराजगञ्ज र कुशीनगरमा भेटिए सात शव, नेपाली हुन सक्ने सम्भावना
ratopati.com · Fri Aug 28 05:13:11 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीले बगाएका सात शव भारतको उत्तरप्रदेश राज्यको महाराजगञ्जको गण्डक नदि तथा कुशीनगर नदिमा फेला परेका छन् । महाराजगञ्जको गण्डक नदिमा चारवटा शव तथा कुशीनगरमा तीनवटा शव फेला परेको बीबीसी हिन्दी सेवाले जनाएको छ ।
अधिकारीहरूका अनुसार, तीमध्ये पाँच महिला र दुई पुरुष रहेका छन् । नेपालमा आएको भीषण बाढीका क्रममा यी शवहरू नदीमा बगेर तीव्र बहावसँगै भारततर्फ आएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)