‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन
ajakoartha.com · Thu May 21 09:40:00 GMT 2026

काठमाडौं- लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ । मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज बैक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड इकाई बिक्रीका लागि वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो । तर, बिक्री खुला भएको छ कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको आवेदन प्राप्त भएपछि आजदेखि आवेदन प्रक्रिया बन्द गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)