दशैं अवधिमा काठमाडौंमा निःशुल्क एम्बुलेन्स संचालन
kendrabindu.com · Sun Oct 02 04:41:31 GMT 2022
काठमाडौं महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स संचालन गर्ने भएको छ ।
डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)