कांग्रेसको १५औँ महाधिवेशनमा डिजिटल मतदान प्रणाली अपनाइने
nepalnews.com · Sun Jul 05 15:01:24 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिको आइतबार बसेको बैठकले निर्वाचनमा डिजिटल (पेपरलेस) प्रणाली वा ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)