तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
ratopati.com · Sun Jul 05 15:06:46 GMT 2026

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर सीमास्तम्भमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।
नेपाल र चाइना को सिमाना छुटाउने उक्त पिलर दार्चुला जिल्लाको तिंकर भन्ज्याङमा छ ।यात्रामा राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ता अजय सोडारी, सुनिल सिंह, प्रकाश बम तथा सीमा विषयमा आधारित चलचित्रका निर्माता एवं अभिनेता नवल खड्का सहभागी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)