बारा यातायात कार्यालयका प्रमुखद्वारा सेवाग्राहीमाथि कुटपिट गरेको आरोप, ट्राफिक प्रहरीको भूमिकामाथि पनि प्रश्न
barnanmedia.com · Sun Jul 05 15:05:01 GMT 2026

बारा जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीलाई ट्राफिक प्रहरीकै अगाडि फिल्मी शैलीमा कुटपिट गरेको आरोप लागेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ।
प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा ट्राफिक प्रहरी उपस्थित भए पनि तत्काल प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाइएको छ। केही स्थानीयले ट्राफिक प्रहरीले प्रमुख आचार्यको संरक्षण गरेको दाबी गरेका छन्। यद्यपि, यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)