होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, ‘सुकुमबासीलाई ढल मिसिएको पानी खुवाइयो’
ratopati.com · Thu May 21 10:02:37 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुमबासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढङ्गले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्।
बिहीबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई न्यूनतम व्यवस्थासमेत नगरी राखिएको आरोप लगाएका हुन्। दुवै समितिले नागार्जुनको इचङ्गुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो। अनुगमनका क्रममा विस्थापित परिवारको अवस्था दयनीय देखिएको सांसदहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)