सगरमाथाको जर्सीमा राहत कोषको क्यूआर
annapurnapost.com · Sun Sep 06 04:43:41 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) टोली सगरमाथा स्म्यासर्सले आफ्नो जर्सीमा मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगरमाथाले व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)