इजिप्टमा टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड
barnanmedia.com · Sun Sep 06 04:48:25 GMT 2026

इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए ।
उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो । उनीहरूको साथबाट अवैध हतियारसमेत बरामद भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)