साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
onlinekhabar.com · Thu May 21 10:15:39 GMT 2026
७ जेठ, काठमाडौं । भारतमा ४ दिनपछि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीको बिदाई गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् ।
बिदाई गर्दै मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)