ठमेलमा युवतीमाथि दुर्व्यवहार : कारबाहीबाट बच्न हुलिया परिवर्तन
ratopati.com · Sun Sep 06 04:55:32 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ १८ मा भएको दुर्व्यवहारमा संलग्न आरोपमा काठमाडौँ–१४ कलङ्की घर भएका सालिन साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । तर, ३० वर्षीय साह घटनास्थलमा दुर्व्यवहार गर्दाको अवस्थामा भन्दा फरक हुलियामा भेटिएका छन् ।
ठमेलमा हिँडिरहेकी युवतीलाई ब्याट टच गर्दा लामो कपालमा देखिएका साह पक्राउ पर्दा कपाल छोटो बनाएको अवस्थामा भेटिएका छन् । शनिबार साँझ पक्राउ परेका साह नै आरोपी हुन् या होइनन् भनेर सनाखतको लागि पीडितलाई बोलाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने– ‘हुलिया परिवर्तन गरेको अवस्थामा सशंकितलाई नियन्त्रणमा लिएका छौँ, पीडितलाई बोलाएर यकिन गरेपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)