विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी
baahrakhari.com · Sun Sep 06 04:57:07 GMT 2026

काठमाडौं । रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ । नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका निम्ति एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ परिवारले लिने भएको हो ।
राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग पुनर्स्थापनाका विषयमा छलफल गरेको थियो । त्यसक्रममा नीलकण्ठ माविका प्रभावित बालबालिकाको अवस्था र उनीहरूको शिक्षाका विषयमा समेत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)