स्थानीय तहको टोली आफ्ना नागरिक खोज्न जाँदै
gorkhapatraonline.com · Fri Aug 28 05:18:17 GMT 2026

तिब्बततर्फबाट आएको विनाशकारी बाढीपछि कामका लागि विभिन्न जिल्लामा पुगेका सल्यानका नागरिक सम्पर्कविहीन भएपछि जिल्लाका स्थानीय तह राहत, सहयोग र आफ्ना नागरिकको खोजीमा सक्रिय भएका छन् । त्रिवेणी गाउँपालिकाले आफ्ना ११ जना नागरिकको खोजीका लागि प्रतिनिधिमण्डल नै प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।हालसम्म सल्यानका कम्तीमा ५४ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको छ ।
त्रिवेणी गाउँपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढी तथा विपद्पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा एक लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ । उक्त रकम एक, दुई दिनभित्र कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)