बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीले गरिन् आग्रह
kathmandupati.com · Fri Aug 28 05:16:01 GMT 2026

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गरेकी छिन्।
पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आमनागरिकलाई आग्रह गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)